काठमाडौं– नेपाल मेडिकल काउन्सिलको सम्पन्न निर्वाचनमा उपाध्यक्ष पदमा डा कुन्जाङ शेर्पा विजयी भएका छन्। मंगलबार सम्पन्न मतगणना अनुसार डा शेर्पा ५२३४ मतका साथ उपाध्यक्षमा विजयी भएका हुन्।
उनका निकटतम प्रतिस्पर्धी डा गुरुशरण साहले ४३५० मत ल्याएका छन्।
यसैगरी सदस्यहरुमा डा छविलाल पन्थी, डा सारिका गोइत, डा दिपेन्द्र पाण्डे, डा योविन यादव, डा अस्मिता पोख्रेल, डा सम्राट पराजुली, डा रविन बस्नेत र डा नीना राईले जित हासिल गरेका छन्। काउन्सिलको निर्वाचनमा ११ हजार ९ सय २२ मत खसेको थियो।
निर्वाचित सदस्यहरुको मतपरिणाम :

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।