काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहा 'प्रचण्ड' ले प्रतिगमनकारीहरुले माओवादीलाई निशाना बनाएको टिप्पणी गरेका छन्।
शनिबार प्रचण्डको सचिवालयले उनको भनाइसहितको तस्बिर सामाजिक सञ्जालमा राखेको छ।
प्रचण्डले पार्टीलाई निशाना बनाइएको भन्दै जनयुद्धमा आक्रमणको तयारी गरेजस्तै तयारी गर्नुपर्ने उल्ल्ख गरेका हुन्।
'प्रतिगमनकारीहरुले माओवादीलाई निशाना बनाएका छन्। जनयुद्धमा आक्रमणको तयारी गरेजस्तै यो चुनावमा पनि पूरै तयारीका साथ होमिनु जरुरी छ' प्रचण्डले भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।