काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रिय गौरवको आयोजनाको रुपमा परिचित माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको अवलोकनका लागि जाने भएका छन्।
प्रधानमन्त्री देउवा आज उक्त आयोजना अवलोकन र खिम्ती पावर स्टेशन उद्घाटनका लागि रामेछाप जाने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए।
विद्युत क्षमताका हिसाबले देशकै दोश्रो ठूलो न्यु खिम्ती सबस्टेशन रामेछापको निर्माण पूरा भई संचालनमा आएको छ। उक्त सबस्टेशनको प्रधानमन्त्री देउवाले शनिबार उद्घाटन गर्दैछन्। २२०/१३२ केभी क्षमताको उक्त सबस्टेशनमा माथिल्लो तामाकोसी जलविद्युत आयोजनाबाट उप्पादित ४ सय ५६ मेघावाट विद्युत जोडिएको छ।
खिम्ती जलविद्युत आयोजनाको ६० मेघावाट, लिखु ४ जलविद्युत आयोजनाको ५२ मेघावाट र लिखु ए जलविद्युत आयोजनाको २२ मेघावाट विद्युत सोही सब स्टेशन हुँदै केन्द्रीय प्रशारण लाइनमा जोडिएका छन्।
माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २१ असारमा उद्घाटन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।