काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। बैठक चैत ११ गते दिउँसो २ बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बोलाइएको छ।
बैठकमा स्थानीय तह निर्वाचनको तयारी एवं ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’अभियानको प्रारम्भिक समीक्षा हुने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका छन्।
यस्तै, बैठकको अर्को अजेन्डाका रुपमा संसदीय समिति गठनको विषय पनि समेटिएको छ।
बैठकमा सहभागी हुन केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुलाई अनुरोध गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।