काठमाडौं– गत शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘द कश्मीर फाइल्स’का निर्देशन विवेक रञ्जन अग्निहोत्रीलाई भारत सरकारले सुरक्षा व्यवस्था गर्ने निर्णय गरेको छ।
भारत सरकारले निर्देशक अग्निहोत्रीको सुरक्षालाई मध्यनजर गर्दै ‘वाई’ श्रेणीको सुरक्षा व्यवस्था गर्ने निर्णय गरेको समाचार एजेन्सी एएनआईले जनाएको छ।
गत शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म अहिले चर्चामा छ। उक्त फिल्म राजनीतिक विषयको रुपमा भारतमा विकास भइरहेको छ। सय करोड हराहारीको व्यापार पहिलो सातामै गरिसकेको फिल्म कश्मीरी पण्डितहरुको विस्थापनको विषयलाई लिएर निर्माण गरिएको छ।
राजनीतिक विषयवस्तुमा बनेको फिल्मका निर्देशक अग्निहोत्रीलाई सुरक्षाको जोखिम भएको भन्दै सरकारले सुरक्षा व्यवस्था गरेको एएनआईले जनाएको छ।
निर्देशक अग्निहोत्रीलाई सरकारले व्यवस्था गरेको सुरक्षामा २ जना कमाण्डो र ६ जना प्रहरी जवान रहेका छन्। सँगै फिल्मका अभिनेता अनुपम खेरसँगै अन्यलाई पनि सुरक्षा व्यवस्था बढाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
उक्त फिल्म शुक्रबारदेखि नेपालमा पनि प्रदर्शनमा आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।