काठमाडौं- राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना अन्तर व्यवस्थापिका संघ तथा इन्डोनेशियाको संसदको आयोजनामा चैत ४ देखि १० गतेसम्म हुने ११४ औ सम्मेलनमा भाग लिन शुक्रबार त्यसतर्फ जाने भएका छन्।
उनले बालिमा हुने सम्मेलनमा नेपालको व्यवस्थापिका संसदका बारेमा धाराणा व्यक्त गर्ने कार्यक्रम रहेको छ। तिमिल्सिनाको नेतृत्वमा नौ सदस्यीय संसदीय प्रतिनिधिमण्डल आज त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको संघीय संसद सचिवालयले जनाएको छ।
प्रतिनिधिमण्डलमा राष्ट्रिय सभा सदस्य भैरवसुन्दर श्रेष्ठ, अनिता देवकोटा तथा प्रतिनिधि सभा सदस्य सुरेन्द्रकुमार कार्की, उमाशंकर अरगरिया, संघीय संसदका महासचिव डा. भरतराज गौतम, राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाल पनि टोलीमा रहेका छन्।
अध्यक्षको प्रमुख स्वकीय सचिव गोविन्द अकेला र उपसचिव रेखा उपाध्याय पनि टोलीमा रहेका छन्। सम्मेलनमा सहभागी हुनका लागि संसदीय प्रतिनिधिमण्डल २०७८ चैत्र ४ गते शुक्रवार बेलुका ९:३० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गर्ने संघीय संसद सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
अध्यक्ष तिमिल्सिना चैत ११ गते शुक्रबारमा नेपाल फर्कने समय तालिका रहेको छ सचिवायले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।