काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल दक्षिणपन्थी अवसरवादका दुई प्रतिनिधि पात्र भएको टिप्पणी गरेका छन्।
धादिङमा स्थानीय निर्वाचन केन्द्रित जिल्लास्तरीय प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो टिप्पणी गरेका हुन्।
‘कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउन र समृद्ध नेपाल सुखी नेपाली बनाउनका लागि दक्षिणपन्थी अवसरवादको चुनौती सामना गर्नुपर्छ,’उनले भने,‘ती दुई पात्र को हुन् भनेर तपाईंहरुले प्रचण्ड र माधव नेपालको अनुहार देखाइदिए हुन्छ।’
उनले प्रचण्ड र नेपालले नै कम्युनिस्ट पार्टीले प्राप्त गरेको दुई तिहाइ जनादेशलाई शेरबहादुर देउवाको पाउमा चढाउने काम गरेको आरोप लगाए।
कार्यक्रममा प्रचण्ड र नेपालप्रति आक्रामक रुपमा प्रस्तुत भएका पोखरेलले नेकपा हुँदा एक व्यक्ति एक पदको विषय उठाउनेले अहिले आफ्नो पार्टीमा त्यो कार्यान्वयन गर्न नसकेको बताए।
‘अहिले अलग भएपछि उनीहरुले एक व्यक्ति एक पद कार्यान्वयन गर्न सकेका छैनन्। दलको अध्यक्ष आफैं, संसदीय दलको नेता आफैं भएका छन्,’उनले भने,‘उनीहरुको मान्यता अहिले खण्डित भएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।