काठमाडौं– नेपाली राष्ट्रिय महिला फुटबल टोली तथा एपीएफकी गोलकिपर एन्जिला तुम्बापो सुब्बाको कथामा फिल्म बन्ने भएको छ।
केन्द्र मोसन पिक्चर्सको प्रस्तुति रहने फिल्म निर्माणको सहकार्य मुन लभ इन्टरटेमेन्टले गर्ने छ।
एन्जिलाको वास्तविक कथामा आधारित हुने फिल्मको नाम ‘अञ्जिला’ रहेको शुक्रबार पत्रकार सम्मेलनमार्फत् जानकारी दिइएको छ। एञ्जिलाले फिल्ममा आफ्नो भूमिका आफैंले निर्वाह गर्ने बताइएको छ।
फिल्ममा एन्जिलासँगै दयाहाङ राई, सृजना सुब्बा, बुद्धि तामाङ, माउत्से गुरुङ, प्रेमकुमार श्रेष्ठलगायतको अभिनय रहने छ। फिल्मको निर्मातामा प्रेमकुमार श्रेष्ठ र केन्द्र लिम्बु, सह निर्मातामा विनोद अग्रवाल र राजेश अग्रवाल रहेका छन्।
फिल्मको निर्देशन मिलन चाम्सले गर्नेछन्। इलामको फिक्कल र काठमाडौंमा छायांकन हुने फिल्मको युनिट जेठ दोस्रो साताबाट फ्लोरमा जाने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।