काठमाडौं– कलाकार पल शाहविरुद्ध नवलपुर (नवलपरासी पूर्व) जिल्ला अदालतमा जबरजस्ती करणी (बलात्कार)को अभियोगमा मुद्दा दायर भएको छ।
अभियोगमा १६ वर्षीया किशोरी (गायिका)लाई फकाएर बलात्कार गरेको जिकिर गरिएको छ।
शाहले फकाएर ती गायिकासँग यौन सम्बन्ध बनाएको दाबी गर्दै परिवारले दिएको जाहेरीका आधारमा बिहीबार सरकारी वकिलको कार्यालयले शाहविरुद्ध अभियोगपत्र दायर गरेको हो।
जिल्ला सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता डालबहादुर नेपालीका अनुसार शाहले मुलुकी अपराधसंहिता २०७४ को दफा २१९ को १ र २ अनुसारको कसूर गरेको दाबी गर्दै मुद्दा दायर गरेको हो।
कानुनको उक्त दफामा महिलाको मञ्जुरी नलिई करणी गरेमा बलात्कार हुने र १८ वर्षभन्दा कम उमेरकी महिलासँग मञ्जुरीमै करणी गरे पनि बलात्कार हुने उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।