काठमाडौं– १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ।
सर्वोकृष्ठ प्रहरी घोषित हुनेमा इलाका प्रहरी कार्यालय धरान सुनसरीमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) नरेन्द्र कुँवर रहेका छन्।
उनले अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्याउनुका साथै विभिन्न आपराधिक घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ तथा कानुनी कारबाहीको दायरामा ल्याउन महत्त्वपूर्ण भूमिका खेलेवापत सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको जनाइएको छ।
प्रहरी कर्मचारीहरुको मनोबल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्यांकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेशभरीका प्रहरी कर्मचारीहरुमध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनोट गर्दै आइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।