झापा– मानव बेचबिखन तथा ओसार पसार मुद्दाका ३ जना फरार प्रतिवादीलाई झापा प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा कमल गाउँपालिका–४ बस्ने ४४ वर्षीया सिता केरुङ सम्बाहाम्फे, ५० वर्षीय ईन्द्र सम्बाहाम्फे र ४३ वर्षीय हंशराज केरुङ रहेका छन्।
सर्वोच्च अदालतको २०७४ असार २८ गतेको फैसला अनुसार उक्त मुद्दामा उनीहरूलाई जनही ७ वर्ष ६ महिना कैद तथा १ लाख रुपैयाँ जरिवाना र पीडितलाई जनही ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउनु पर्ने सजाय ठहर भएको थियो।
उनीहरूलाई फैसला कार्यान्वयनको लागि झापा जिल्ला अदालत भद्रपुरमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।