प्रतिकात्मक तस्बिर।
बागलुङ– बागलुङको बागलुङ नगरपालिका–१४ नमुनागाउँमा एक जनाले आफ्नै श्रीमतीको हत्या गरेक छन्।
आफ्नै श्रीमती ४२ वर्षीया तिला नेपालीलाई ढुंगा प्रहार गरी हत्या गरेको अभियोगमा ५५ वर्षीय रत्नबहादुर नेपालीलाई प्रहरीले पक्राउ गरेको छ।
रत्नबहादुरले ढुंगा प्रहार गर्दा श्रीमती गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बलेवाबाट खटिएको प्रहरीले रत्नलाई पक्राउ गरेको हो।
गम्भीर घाइते तिलाको धौलागिरी अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।