सिन्धुली– सिन्धुलीको कमलामाई नगरपालिका–१२ लुडेडाँडाबाट २ थान भरुवा बन्दुकसहित २ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४५ वर्षीय पूर्णबहादुर राना र ५० वर्षीय लालबहादुर ब्लोन रहेका छन्। उनीहरू बुधबार राति पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले पूर्णबहादुरको घरबाट १ थान खाली भरुवा बन्दुक र लालबहादुरको घरबाट १ थान लोड गरेको भरुवा बन्दुक लुकाई छिपाई राखेको अवस्थामा फेला पारी दुवै जनालाई पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।