प्रतिकात्मक तस्बिर।
काठमाडौं– होली खेल्ने क्रममा बौद्धमा छतबाट एक किशोरी खसेकी छिन्।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी दिनेशराज मैनालीका अनुसार १८ वर्षीया किशोरी विनिता चौलागाईं छतबाट खसेकी हुन्।
दुई तलाको घरको छतबाट खसेकी ती किशोरी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। उनलाई उपचारका लागि नेपाल मेडिकल कलेज जोरपाटी लगिएको छ।
उनको घर सिन्धुपाल्चोक रहेको प्रहरीले जनाएको छ। उनी कक्षा ११ मा अध्ययनरत छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।