काठमाडौं– सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले 'जनतामा जाऔं, एकीकृत समाजवादी जिताऔं' भन्ने नारासहित चुनावी अभियान थाल्ने भएको छ।
स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै एकीकृत समाजवादीले यो अभियान अघि सार्न लागेको हो।
बिहीबार बसेको केन्द्रीय सचिवालयको बैठकले यस्तो अभियान सुरु गरेको नेकपा एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख एवं उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए।
‘जनतामा जाऔं एकीकृत समाजवादीलाई जिताऔं भन्ने नारा तय गरेका छौं। यही नारा लिएर जान्छौं। जनतामा जानेछौं,’उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।