• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, माघ ५, २०८२ Mon, Jan 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

चुनावी तालमेलका विषयमा देउवासँग पोखे प्रचण्ड र नेपालले असन्तुष्टि

64x64
नेपाल लाइभ बिहीबार, चैत ३, २०७८  १८:०७
1140x725

काठमाडौं- आउँदो वैशाख ३० गते तय स्थानीय तह निर्वाचनलाई लिएर सत्ता गठबन्धनभित्र 'अविश्वास' सुरु भएको छ। नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेता शेखर कोइलाबीच मत बाँझिदा त्यसको असर गठबन्धनमा पर्न थालेको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले असन्तुष्टि पोखेका छन्।

बिहीबार बिहान प्रधानमन्त्री देउवाका साथै कांग्रेस नेता रामचन्द्र पौडेलसँगको भेटमा प्रचण्ड र नेपालले गठबन्धन गरेर जाने विषयमा कांग्रेसको 'एकस्वर' अपेक्षा गरेका हुन्। तालमेलका विषयमा कांग्रेस नेताहरुबाट अनेकथरि धारणा बाहिर आएको भन्दै प्रधानमन्त्री देउवालाई प्रचण्ड र नेपालले कांग्रेस नेता पौडेलसमेत रहेको भेटवार्तामा क्लिएर गर्न भनेका हुन्। 

‘स्थानीय निर्वाचनमा तालमेल गर्ने विषयमा अनेक कुरा आइरहेका छन्। तालमेल गर्ने सवालमा के-के गर्न सकिन्छ? भन्ने विषयमा प्रचण्ड कमरेडले प्रधानमन्त्रीज्यूसँग आफ्नो कुरा राख्नु भएछ’, प्रचण्डनिकट एक नेताले भने, ‘प्रधानमन्त्रीज्यूले जवाफ दिँदै चुनाव हुने/नहुने कुरा र तालमेल गर्ने वा नगर्ने कुरा चुनावकै दिनसम्म पनि आइरहन्छन्। त्यसमा धेरै चिन्ता लिन हुन्न भन्नुभएछ।’  देउवाले आफू तालमेल गरेरै जाने विषयमा प्रतिवद्ध भएको प्रष्ट पारेका थिए। 

देउवाले चुनावी तालमेलको विषयलाई पन्छाउन खोजेको आभास भएपछि प्रचण्डले चित्त दुखाएको माओवादी केन्द्रका ती नेता बताउँछन्। पाँच दलीय चुनावी तालमेल गर्ने विषयमा कांग्रेस अनुदार भए विकल्प सोच्न सकिने संकेत समेत प्रचण्डले गरेको माओवादीका ती नेता बताउँछन्।

बिहीबार बिहान प्रधानमन्त्री देउवासँग भएको छलफलको प्रचण्डले आफूनिकट अन्य नेतासँग ब्रिफिङ गर्दै सबै विकल्पका लागि तयार रहन भनेका छन्। प्रचण्डनिकट ती नेताको भनाइ छ, 'उहाँले जिल्लामा अरु शक्ति  (एमाले) गठबन्धनका लागि तयार रहे\नरहेको विषयमा समेत सोध्नुभएको छ। हामीले एमालेका स्थानीय तहका नेता तयार नै रहेको उहाँलाई बताएका छौं। केन्द्रको निर्देशन मात्रै कुरिरहेको उहाँलाई अवगत गराएका छौं।'

Ncell 2
Ncell 2

प्रचण्डले देउवा पक्ष तालमेलका लागि लचिलो रहेपनि शेखर पक्ष कमजोर बनाउने गरी लागिरहेको समेत आफूनिकट नेतालाई बताएका छन्। यदि पार्टीभित्र देउवा नै अल्पमतमा परेर तालमेलका पक्षमा सहमति नजुट्दा माओवादी केन्द्रले विकल्प खोज्नुपर्ने हुन सक्ने उनले संकेत गरेका छन्। 

‘स्थानीय चुनावमा तालमेल गर्ने विषयमा प्रधानमन्त्री प्रतिवद्ध हुनुहुन्छ। कांग्रेसभित्रको शेखर कोइरालापक्ष तालमेल नै गर्न हुँदैन भन्ने पक्षमा छन्,’ प्रचण्डको भनाई उदृत गर्दै ती नेताले भने, ‘यदि प्रधानमन्त्री पार्टीमा अल्पमतमा पर्दै जानुभयो भने तालमेल पनि नहुन सक्छ। त्यस्तो अवस्थामा अन्य शक्तिसँग तालमेल गर्नुपर्ने अवस्था आउन सक्छ।’ 

त्यसको संकेत उनले बुटवलमा भएको एक कार्यक्रममा पनि गरेका छन्। उनले कांग्रेसले लखेट्न नै थाल्यो भने चाहिँ एमालेसँग गठबन्धन गर्न सकिने बताएका हुन्। बुटवलमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले गठबन्धनको विषय कांग्रेसको व्यवहारमा भर पर्ने बताए। 

उनले भने, 'गठबन्धन नेपाली कांग्रेसको व्यवहारमा भर पर्छ। राजनीतिमा असम्भव भन्ने केही हुँदैन। धेरैलाई प्रधानमन्त्री बनाउने भूमिका मेरो हो। राजनीतिमा असम्भव भन्ने हुँदैन। यो सम्भावनाको खेल पनि हो।'

कांग्रेस नेता पौडेलले भने छलफल सत्ता गठबन्धन बलियो बनाउने विषयमै केन्द्रित भएको बताए। ‘सत्ता गठबन्धन बलियो बनाएर चुनावी तालमेल गर्ने विषयमा छोटो छलफल भयो। त्यहाँ सौहार्दपूर्ण रुपमा छलफल भयो’, नेपाल लाइभसँग कुरा गर्दै पौडेलले भने, ‘गठबन्धनमा सहभागी शीर्ष नेताबीच आधा घण्टा जति मात्रै कुराकानी भएको हो।’

प्रकाशित मिति: बिहीबार, चैत ३, २०७८  १८:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपाले काठमाडौँ १ मा रञ्जु दर्शनालाई उम्मेदवार बनाउने
देशले बालेन पायो, अब सरकारले जुनसुकै मुद्दा लगाओस् : रवि लामिछाने
म काम गर्ने मान्छे हुँ, भाषण होइन : बालेन शाह
सम्बन्धित सामग्री
रास्वपाले काठमाडौँ १ मा रञ्जु दर्शनालाई उम्मेदवार बनाउने यसअघि समानुपातिकको बन्द सूचीबाट नाम फिर्ता लिएकी रञ्जु विवेकशील साझा पार्टीबाट रास्वपामा भित्रिएकी हुन् । सोमबार, माघ ५, २०८२
देशले बालेन पायो, अब सरकारले जुनसुकै मुद्दा लगाओस् : रवि लामिछाने लामिछानेले भने–  ‘कुनै दिन अपदस्थ भएर हेलिकप्टर चढेर भागेको सरकारले, बच्चालाई टाउको र छातीमा ताकेर गोली हानेको सरकारले ममाथि लगाएको... सोमबार, माघ ५, २०८२
म काम गर्ने मान्छे हुँ, भाषण होइन : बालेन शाह उनले आफूलाई काठमाडौंका जनताले काठमाडौं महानगरपालिकाको प्रमुखमा निर्वाचित गरेपछि काम गरेर देखाएको चर्चा गर्दै उनले भने, ‘काठमाडौंबासी... सोमबार, माघ ५, २०८२
ताजा समाचारसबै
रास्वपाले काठमाडौँ १ मा रञ्जु दर्शनालाई उम्मेदवार बनाउने सोमबार, माघ ५, २०८२
देशले बालेन पायो, अब सरकारले जुनसुकै मुद्दा लगाओस् : रवि लामिछाने सोमबार, माघ ५, २०८२
म काम गर्ने मान्छे हुँ, भाषण होइन : बालेन शाह सोमबार, माघ ५, २०८२
दुर्गा प्रसाईं पोखराबाट पक्राउ सोमबार, माघ ५, २०८२
कांग्रेसबाट मोरङ- ३ मा सुनिल शर्माले पाए टिकट सोमबार, माघ ५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेस विवादमा सर्वोच्चले दिने फैसला मान्य हुन्छ, टिकट पाउनेलाई जिताउन लाग्छु : शेखर कोइराला आइतबार, माघ ४, २०८२
मंगलबारको मनोनयन सार्नुपर्छ भन्दै आयोग पुग्यो देउवा समूह आइतबार, माघ ४, २०८२
उम्मेदवारी मनोनयन दर्ताको समय एक साता सार्ने आयोगको तयारी आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्