फाइल तस्बिर।
काठमाडौं– फागु पर्वका दिन बिहीबार काठमाडौं उपत्यकामा लापरबाही गरेर चलाइएका ३४५ सवारीलाई ट्राफिक प्रहरीले होल्डमा राखेको छ।
उपत्यकाका तीन जिल्लाका विभिन्न ६८ ठाउँमा चेक प्वाइन्ट राखेर चेकिङ गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले लापरबाही गरेर चलाइएका ३४५ सवारीलाई होल्डमा राखेको हो।
महाशाखाका एसपी तथा प्रवक्ता सञ्जिव शर्मा दासका अनुसार यसरी होल्ड गराइएका सवारी साँझ ७ बजेमात्रै धनीको जिम्मा लगाइनेछ। बिनाकागजात सवारी चलाएका, तीव्र गति, जथाभावी युर्टन जस्ता ट्राफिक नियम उल्लंघन गरेका सवारीलाई होल्ड गराइएको हो।
मापसे गरेर सवारी चलाउनेमाथि कडाइ गर्न मापसे चेकिङमा समेत प्रहरीले तिव्रता दिएको छ। अहिलेसम्म मापसे गरेर सवारी चलाउने ६ जना कारबाहीमा परेका महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।