काठमाडौं- नेकपा (माओवादी केन्द्र)को चितवन जिल्ला इन्चार्जको जिम्मेवारी रेणु दाहाललाई दिइएको छ।
माओवादी केन्द्रको केन्द्रीय समिति सदस्य रहेकी दाहाल भरतपुर नगरपालिकाको मेयर समेत हुन्।
माओवादी केन्द्रको बिहीबार बसेको बागमती प्रदेश समितिले चितवनको इन्चार्ज र संयोजक तोकेको हो।
संयोजनको जिम्मेदवारी भने रामचन्द्र अधिकारीले पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।