काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध संसद्मा दर्ता भएको महाभियोग लम्ब्याउन संसद् अधिवेशन अन्त्य नभएको बताएका छन्।
प्रेस सेन्टर नेपाल बुटवलले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। ‘महाभियोग संविधान र कानुन अनुसार नै संसद्मा दर्ता गरिएको छ। छानबिन समिति पहिले बनाएको भए हुन्थ्यो, तर त्यस्तो केही मुद्दा नहुँदा बनाउने कुरा भएन, ’उनले भने, ‘अहिले समिति बनिसकेको छ। अब अघि बढ्छ।’
पत्रकारले महाअभियोग लम्बाउन संसद् अधिवेशन अन्त्य गरिएको भन्ने प्रश्नमा उनले यस्तो बताएका हुन्।
‘समिति बनिसकेको छ छलफलमा प्रवेश गरिसकेपछि सदन अन्त्य गर्दा अलोकतान्त्रिक हुन्छ भन्ने सरकार र दलको बुझाइ रह्यो,’ उनले भने, ‘अब अर्को बैठकबाट छलफल गर्दा नै लोकतान्त्रिक हुन्छ भनेर सोचर नै अहिले सदन अन्त्य भएको हो।’
उनले प्रतिनिधिसभाको अब आह्वान हुने बजेट अधिवेशनमा महाभियोग विषय अघि बढ्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।