काठमाडौं– सुनसरी जिल्लाको दक्षिणी भेगमा रहेको नेपाल भारत सीमा स्तम्भहरुको सुरक्षा निकायका प्रमुखहरुले अवलोकन गरेका छन्।
बुधबार दिउँसो प्रदेश प्रहरी प्रमुख अरुण कुमार बिसी, सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, सुनसरी जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सञ्जय सिंह थापा, सशस्त्र प्रहरी उपरीक्षक, राष्ट्रिय अनुसन्धान सुनसरीका प्रमुख समेतको टोलीले सुनसरीको देवानगञ्ज, साहेवगञ्ज, कप्तानगञ्ज एरियाहरुमा अवस्थित नेपाल भारत सिमामा रहेको सिमा स्तम्भहरुको निरीक्षण अवलोकन गरेका हुन्।
सिमा स्तम्भहरुको निरीक्षण अवलोकनकै क्रममा सुरक्षा निकायका प्रमुखहरुले स्थानीयसँग अन्तरक्रियासमेत गरेका थिए।
यसैगरी, सीमा क्षेत्र अवलोकन एवम् निरीक्षणको क्रममा प्रदेश प्रहरी प्रमुख बिसीले सीमा क्षेत्रमा रहेका इलाका प्रहरी कार्यालय देवानगञ्ज, सिमा प्रहरी चौकी साहेवगञ्ज, प्रहरी चौकी कप्तानगञ्ज, अस्थायी प्रहरी चौकी मोतिटप्पु सुनसरीकोसमेत निरीरक्षण गर्नुका साथै कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिनु भई सीमा क्षेत्रमा हुने बिविध गतिविधिका बारेमा विस्तृत जानकारी लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।