काठमाडौं– नेकपा एमाले दैलेख जिल्ला अध्यक्षमा रविन्द्रराज शर्मा विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी सूर्यबहादुर शाहीलाई पराजित गर्दै शर्मा अध्यक्ष बनेका हुन्।
गत पुस २३ गते भएको जिल्लाअधिवेशनमा फर्जी मत खसालिएको भन्दै विवाद भएपछि आज पुनः मतदान भएको थियो।
त्यसैगरी, उपाध्यक्षमा प्रेमबहादुर बुढा तथा सचिवमा तिलकप्रसाद रिजाल निर्वाचित भएका छन्। जिल्ला उपसचिवमा गंगाराम दाहाल, कलावती न्यौपाने विजयी भएको निर्वाचन समितिले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।