काठमाडौं– बलात्कार आरोपमा प्रहरीको न्यायिक हिरासतमा रहेका सांसद मोहन बानियाँ पाँच लाख धरौटीमा छुटेका छन्। मुगुका बानियाँ एमालेको समानुपातिकतर्फका सांसद हुन्।
जिल्ला अदालत, बाँकेका न्यायाधीश ईश्वरी भट्टराईको इजलासले सांसद बानियाँलाई ५ लाख धरौटीमा छोड्ने आदेश दिएको हो। पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने माग सरकारी वकिल माग गरेको थियो। तर, अदालतले उनीसँग धरौटी माग गरेको थियो।
प्रतिनिधि सभा सदस्य बानियाँले आफूलाई नेपालगञ्जको होटलमा बलात्कार गरेको दाबी गर्दै जुम्लाकी एक शिक्षिकाले बाँके प्रहरीमा जाहेरी दिएकी थिइन्।
माघ १९ गते राति होटलमा बसेको समयमा आफूमाथि बानियाँले बलात्कार गरेको उनले उजुरीमा उल्लेख गरेकी छन्। बानियाँलाई प्रहरीले फागुन १६ गते पक्राउ गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।