काठमाडौं- नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले लुम्बिनी प्रदेशलाई ब्यालेटका माध्यमबाट पार्टीको आधार इलाका बनाउन आग्रह गरेका छन्।
लुम्बिनी प्रदेश कमिटीले कपिलबस्तुमा आयोजना गरेको कार्यक्रममा जनयुद्धमा लुम्बिनी प्रदेश तत्कालिन माओवादीको आधार इलाका भएको बताउँदै पुनले अब ब्यालेटबाट आधार इलाका बनाउनु पर्ने अवस्था आएको बताएका हुन्।
‘स्थानीय तह निर्वाचनमा ब्यालेटबाट लुम्बिनी प्रदेशलाई माओवादी केन्द्रको आधार इलाकामा परिणत बनाउनाउनु लाग्नुस्। सबै कार्यकर्ताहरु मन, वचन र कर्मले लाग्नका लागि अनुरोध गर्दछु,’ पुनले भने,‘अहिलेको बदलिएको परिस्थितिमा जनताको मन जितेर काम गर्नुस्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।