काठमाडौं- नेकपा एमालेले स्थानीय तहको निर्वाचनका उम्मेदवार छान्न् जिम्मा सम्बन्धित कमिटीलाई नै दिने भएको छ। एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले उक्त अधिकार सम्बन्धित कमटीलाई नै रहेको उल्लेख गरे।
उनले भने, 'स्थानीय तहका उम्मेदवार सम्बन्धित कमिटीले नै सर्वसम्मत छान्छन्।' सम्बन्धित कमिटीमा सर्वसम्मत नहुँदा मात्रै माथिल्ला कमिटीमा आइपुग्ने उनले बताए।
एमालेले सवै स्थानीय तहलाई लक्ष्य गरेर मुख्य अजेन्डा समेटिएको घोषणा पत्र केन्द्रबाटै प्रकाशित गर्नेछ। निर्वाचनका लागि घोषणा पत्र बनाउने र उम्मेदवार छान्ने काम मात्रै बाँकी रहेको भट्टराईले बताए।
वैशाख ३० गतेका लागि निर्वाचन मिति तोकिएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले ६५ देखि ७० प्रतिशत स्थानीय तहमा चुनाव जित्ने दाबी गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।