काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दलको बैठक जारी छ। सरकारले संसद् अधिवेशन अन्त्य गरेपछि एमालेले पार्टीको संसदीय दलको बैठक बोलाएको हो।
संसदीय दलको बैठकमा संसद अधिवेशन अन्त्य, पछिल्लो राजनीतिक घटनाक्रम र आसन्न स्थानीय तहको चुनावलगायतका विषयमा छलफल हुने बताइएको छ।
बैठकमा अहिले एमाले अध्यक्ष केपीशर्मा ओलीले सम्बोधन गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।