काठमाडौं– नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदेश कमिटीले पूर्णता पाएको छ। प्रदेश कमिटीको बुधबारको बैठकले सुर्शन बरालको नेतृत्वमा कमिटीलाई पूर्णता दिइएको केन्द्रीय सदस्य जीवन गौतमले बताए।
कमिटीको उपाध्यक्षमा दुर्गा चौधरी, लुमाकान्त न्यौपाने ‘सागर’, वीरबहादुर खत्री, सचिवमा कृष्ण अधिकारी, सहसचिवमा अकलबहादुर बम, पार्वती विक, काशीराम यादव र कोषाध्यक्षमा निर्दोश अली निर्वाचित भएको गौतमले बताए।
प्रदेशको २१७ जनाको कमिटी यसअघि नै टुंगो लगाएर शपथ लिइसकेका छन्। यसअघि प्रदेश अध्यक्षमा सर्वसम्मत हुन नसक्दा प्रदेश कमिटीले पूर्णता पाएको थिएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।