काठमाडौं– नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशका १० जिल्लामध्ये ३ जिल्ला समन्वय समितिको अध्यक्ष परिवर्तन गरेको छ। स्थानीय निर्वाचनसँगै प्रदेश र संघको निर्वाचन नजिकिन थालेपछि माओवादीले जिल्ला नेतृत्व हेरफेर गरेको हो।
यसअघि बसेको केन्द्रीय समिति बैठकले कर्णाली प्रदेशको इन्चार्जमा कालीबहादुर मल्ललाई जिम्मेवारी तोकेपछि जिल्ला अध्यक्ष हेरफेर गरिएको हो।
रुकुम पश्चिम जिल्ला समन्वय समितिको अध्यक्षमा गोविन्द रोका, सुर्खेत जिल्ला समन्वय समितिको अध्यक्ष जितबहादुर राना र हुम्ला जिल्ला समन्वय समितिको अध्यक्षमा डा दीपेन्द्र रोकायलाई जिम्मेवारी दिएको छ। अन्य जिल्ला समन्वय समितिको अध्यक्ष भने यथावत राखिएको माओवादीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।