काठमाडौं- विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्र पक्षले बागमती प्रदेश सभा सदस्यसहित २६ जनामाथि कारबाही गरेपछि मिलन पाण्डेले आपत्ति जनाएका छन्।
मिश्रले कारबाही गरेको पुकार बमसहितका अधिकांश नेता विवेकशील साझाको संस्थापक रहेको भन्दै पाण्डेले क्षणिक जित ठूलो कुरा नभएको बताएका छन्।
वैकल्पिक राजनीत सुरु गर्नेमाथि नै काबाही गरेको भन्दै पाण्डेले भनेका छन्, 'जसले वैकल्पिक राजनीति सुरु गर्यो, जसले हालेको जगमा टेकेर राजनीति गर्दै हुनुहुन्छ, उसलाईनै कारबाही? मलाई यसपालि चाही रिस उठेन, बरु दया लाग्यो।'
महाभारतमा छल गरेर सकुनीले जितेका भए पनि अन्तिममा जित पाण्डवकै भएको बताए। पुकार बमले उज्ज्वल थापासँगै वैकल्पिक राजनीति सुरु गरेको पाण्डेले जनाएका छन्। आफूहरुले गाली गर्न छाडेको दिन देखि मिश्रको राजनीति सकिने पाण्डेको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।