• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक २७, २०८३ Fri, Nov 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

पार्टीहरुका आन्तरिक विवाद ‘साम्य’, सबैको ध्यान निर्वाचनतर्फ

64x64
नेपाल लाइभ मंगलबार, चैत १, २०७८  २१:३०
1140x725

काठमाडौं– सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) विभाजनको निकट पुगेको भनेर केही हप्तायता चर्चा भइरहेका थिए। त्यसका लागि हस्ताक्षर संकलन भइरहेको भन्ने पूरक समाचार पनि सार्वजनिक भइसकेका थिए। केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवको एकलौटी अघि बढ्ने शैली र अन्य नेताको शक्ति अभ्यासको चाहनाले गर्दा विवाद सिर्जना भएको, तर  त्यसको उत्कर्ष भने बाहिर चर्चा भएजस्तो नभएको नेताहरुले सार्वजनिक रुपमै स्वीकार गरिसकेका छन्।

आइतबार र सोमबार बसेको केन्द्रीय समिति बैठकले डा बाबुराम भट्टराई, उपेन्द्र यादव र अशोक राई रहने तीन सदस्यीय मुख्यालय (हेडक्वार्टर) गठन गरेको छ। स्थानीय तहको निर्वाचन प्रयोजनको लागि जसपामा अब राईको पनि हस्ताक्षर प्रयोग गरिने छ। यसअघि मन्त्री बनाउँदादेखि राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवार छनोट गर्दा यादवले एकलौटी गरेको भन्दै भट्टराई र राई एक ठाउँमा उभिएर यादवमाथि दबाब बढाएका थिए।

बैठकपछि पार्टीमा देखिएको विवाद साम्य भएको नेता राजकिशोर यादव बताउँछन्। अरु समस्याहरु विधान अधिवेशन र महाधिवेशनबाट टुंगो लगाउने उनको भनाइ छ। 'बैठकमा धेरै विषयमा छलफल भयो। तर, मुख्य छलफल स्थानीय चुनावमा केन्द्रित भयो। त्यसले चुनावका लागि नेता र कार्यकर्तालाई उर्जा थप्ने काम गरेको छ', नेपाल लाइभसँग कुरा गर्दै उनले भने।

यसबीच ठूलै विवादबाट गुज्रिएको अर्को पार्टी हो, नेकपा (माओवादी केन्द्र)। महाधिवेशनबाट अधकल्चो केन्द्रीय समिति सदस्यहरु टुंग्याएको उसले माघ २० गतेदेखि बसेको दोस्रो केन्द्रीय समिति बैठकबाट केही सदस्यहरु थपेको छ। तर, पदाधिकारी चयनको काम भने गरिएन। अर्कोतिर, अमेरिकी सहयोग परियोजना, मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)को विषयमा पार्टीभित्र देखिएको चरम विवादलाई पनि छलफलको अजेन्डा बनाइएन। एमसीसीको विरोध गरेका नारायणकाजी श्रेष्ठलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अप्रत्यक्ष रुपमा 'पार्टी छाडेर गए हुन्छ' भन्ने अभिव्यक्ति दिएपछि सो पक्ष असन्तुष्ट भएको थियो। पार्टी नै विभाजन हुने आशंका गरिएको थियो, श्रेष्ठले आफू पक्षका नेताहरुसँग छलफल पनि गरेका थिए। तर, प्रचण्डले निकै प्रयत्नका साथ श्रेष्ठलाई मनाए।

यसरी निर्वाचनको मुखमा पार्टीमा विवाद हुनसक्ने यी र यस्ता विषयलाई पछि छलफल गर्ने गरी माओवादीले थाती राखेको छ। अब उसको ध्यान पूर्णरुपमा निर्वाचनतर्फ केन्द्रित भएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

पार्टीभित्र विवाद र विग्रहको कारण हुनसक्ने विषयलाई थाती राखेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड यतिबेला देश दौडाहमा छन्। उनले केही दिनयता बागमती प्रदेश, प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका आफ्ना नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिन भ्याइसकेका छन्। प्रदेश १ देखि सुदूरपश्चिम प्रदेशसम्म प्रचण्डले नारायणकाजी श्रेष्ठलाई पनि सँगै लिएर हिँडेका छन्। पार्टीभित्र विवाद नरहेको सन्देश दिन प्रचण्डले श्रेष्ठलाई सँगै लैजाने गरेको बुझ्न गाह्रो छैन।

कार्यकर्तामाझ पुगेर प्रचण्डले आफ्नै तागतमा चुनाव लड्ने आँटदेखि गठबन्धनको सम्भावनासम्म सुनाउने गरेका छन्। 'पहिलो जोड चाहिँ आफ्नै तागतमा निर्वाचन जित्नेगरी तयारी गरेर जानुपर्छ। सहायक रुपमा मात्रै अन्य दलसँग तालमेलको कुरालाई लिनुपर्छ', सोमबार सुदूरपश्चिम प्रदेश पुगेका उनले पत्रकारहरुसँग आफ्नो दलको रणनीति सुनाएका थिए।

एमसीसीको विषयमा अर्को सत्तारुढ दल, नेकपा (एकीकृत समाजवादी)मा पनि विवाद उत्पन्न भएको थियो। तर, अहिले त्यो विषयलाई चर्चा गर्न छाडिएको छ। पार्टीभित्रका विवादले निर्वाचनमा असर पर्ने आकलन गरेरै सो विषयलाई दबाइएको छ। सामाजिक सञ्जालमा समेत पार्टीको निर्णय विपरीत नलेख्न माधव नेपालले निर्देशन दिइसकेका छन्। बुधबार केन्द्रीय कमिटीको बैठक उद्घाटन गर्दै उनले भनेका थिए- 'कतिपय कमरेडहरुको स्टाटसहरु हेर्ने हो भने अत्यन्तै आपत्तिजनक स्टाटसहरु लेख्ने गर्नुभएको छ। म यहाँबाट भन्न चाहन्छु, यस्ता स्टाटसहरु जसले लेख्नुभएको छ, गल्ती स्वीकार गर्नुस्। दोहोर्‍याउने काम नगर्नुस्। किनभने अराजकतालाई यो पार्टीमा छुट छैन।'

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

यो पार्टीले गठबन्धनमा जोड दिएको छ। तर, गठबन्धन आफ्नो मात्रै चाहनाको कुरा नभएको पनि नेताहरुले बताउँदै आएका छन्। उसले एमालेबाट असन्तुष्टहरुको मत आफूतिर तान्ने रणनीति अख्तियार गरेको छ। उपमहासचिव गंगालाल तुलाधर भन्छन्, 'पूर्वपार्टी नेकपा एमालेभित्र विचारको स्खलन भयो। जसरी मूल नेतृत्व नै दक्षिणपन्थी अवसरवादी दलदलमा भासिँदै गयो। 'आइ लभ यु केपी बा' भन्ने संस्कृतिका जनप्रतिनिधिहरुले भ्रष्टाचारलाई नै अर्जुनदृष्टि देखेका छन्। र, आफूलाई एक प्रकारले भन्ने हो भने सम्पूर्ण रुपले समाप्त पारेका छन्। अहिले जनताले विकल्प हेरिरहेका छन्। राम्रा र असल मान्छे हाम्रातिर छन्। नराम्रा र खराब मान्छे उतातिर (एमालेतिर) भन्ने ढंगले मान्छेहरुले विश्लेषण गर्न थालेका छन्। त्यसैले यतिबेला एकीकृत समाजवादी र कलम चिह्नमा मत दिन्छौं, अरुलाई दिन्नौं भन्ने भावना विकसित भइरहेका छन्।'

कांग्रेसभित्र महाधिवेशनपछिका केही समय विवाद उत्पन्न भएको थियो। खासगरी देउवा एक्लै अघि बढेको भन्दै शेखर कोइराला पक्षका केही असन्तुष्टि सुनिने गरेका थिए। तर, अहिले कांग्रेस अभियान नै बनाएर निर्वाचनमा होमिइसकेको छ। स्थानीय निर्वाचन लक्षित 'घरघर जाऔं, कांग्रेस जिताऔं' अभियान यही फागुन २९ देखि चैत २९ सम्मका लागि तय भएर सुरु भइसकेको छ। अभियान अघि बढाउन ७७ जिल्लामा केन्द्रीय प्रतिनिधिहरु खटिएका छन्। 

नेकपा एमालेभित्र विवाद सार्वजनिक हुने स्थिति छैन। तर, एमालेले पनि स्थानीय तह लक्षित योजनाहरु तय गर्न केन्द्रीय कमिटीको बैठक बोलाउने तयारी गरिरहेको छ। बैठकको अजेन्डा तय गर्न मंगलबार मात्रै सचिवालय बैठक बसेको थियो। यद्यपि, एमाले यसअघि नै निर्वाचनकेन्द्रित भइसकेको छ। उसले देशैभर अन्य पार्टीका नेता र निर्वाचित जनप्रतिनिधिलाई आफ्नो पार्टीमा भित्र्याउने कार्यलाई प्राथमिकता दिएको छ। त्यसकै लागि अध्यक्ष केपी शर्मा ओली निरन्तर देश दौडाहामा छन्।

अर्को पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) भित्र केही विवाद छन्, तर बैठक बसेको छैन। पार्टीका समितिहरु नै गठन नभएको र बैठक पनि नबसेको हुनाले सो पार्टीले भने ठोस योजना तय गर्न सकेको छैन।

प्रकाशित मिति: मंगलबार, चैत १, २०७८  २१:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश, प्रधानन्यायाधीश शर्माले गराए शपथ
भीमफेदी दुर्घटनाका मृतकका आफन्त शव परीक्षण गर्न सहमत
काडमान्डू गोर्खाजलाई ७ रनले हराउँदै सुदूरश्चिम प्ले अफमा
सम्बन्धित सामग्री
सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश, प्रधानन्यायाधीश शर्माले गराए शपथ राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानन्यायाधीश मनोजकुमार शर्माले नवनियुक्त न्यायाधीशहरूल... शुक्रबार, कात्तिक २७, २०८३
‘सरकार कोठा खाली छ’ आन्दोलनलाई समर्थन गर्न जेनजी अगुवा मिराज ढुंगाना माइतीघरमा दलित अभियान्ता दीपा नेपाली सरकारलाई ‘सरकार, कोठा खाली छ?’ भन्ने प्रश्न सोध्न लिएर सडकमा उभिएको लामो समय भयो । शुक्रबार, कात्तिक २७, २०८३
पूर्वाधार मन्त्री लम्सालसँग भारतीय राजदूतको भेट दुवै पक्षले बहुआयामिक द्विपक्षीय सहकार्यलाई थप अघि बढाउन मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ । शुक्रबार, कात्तिक २७, २०८३
ताजा समाचारसबै
सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश, प्रधानन्यायाधीश शर्माले गराए शपथ शुक्रबार, कात्तिक २७, २०८३
भीमफेदी दुर्घटनाका मृतकका आफन्त शव परीक्षण गर्न सहमत शुक्रबार, कात्तिक २७, २०८३
काडमान्डू गोर्खाजलाई ७ रनले हराउँदै सुदूरश्चिम प्ले अफमा शुक्रबार, कात्तिक २७, २०८३
‘सरकार कोठा खाली छ’ आन्दोलनलाई समर्थन गर्न जेनजी अगुवा मिराज ढुंगाना माइतीघरमा शुक्रबार, कात्तिक २७, २०८३
सुदूरपश्चिमद्वारा काठमाडौंलाई १२६ रनको लक्ष्य शुक्रबार, कात्तिक २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
भिमफेदी दुर्घटना फलोअप: मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो बिहीबार, कात्तिक २६, २०८३
सरकारले दियो सोमबार सार्वजनिक बिदा शुक्रबार, कात्तिक २७, २०८३
माेटरसाइकलसंग ठाेक्किएकाे स्कुटर चालककाे मृत्युु शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटनाः निर्सुका छोरा, नाति र भतिजको निधन बिहीबार, कात्तिक २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्