काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा बद्री केसी र रविना थापाबीच प्रतिस्पर्धा हुने भएको छ। अध्यक्षकै दाबी गर्दै आएका कुल आचार्य भने अन्तिम समयमा पछि हटेका छन्। चुनाव मार्च २४ मा हुँदैछ।
मंगलबार निर्वाचन समितिले उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरेको हो। निर्वाचन समितिले तोकेको समयभित्र परेका उम्मेदवारीको अन्तिम सूची मंगलबार प्रकाशन भएको हो।
साउदी अरबबाट यासमिन बेगम र युवा उपाध्यक्ष रोशन थापा निर्विरोध भएका छन्। बाँकी उपाध्यक्षका लागि डिबी क्षेत्री, धर्मराज अधिकारी, डा हेमराज शर्मा, राजेन्द्र कुमार शर्मा, टंकप्रसाद गैरे र जयप्रकाश गुरुङबीच निर्वाचन हुने भएको छ।
महासचिवमा गौरीराज जोशी र विनय अधिकारबीच चुनाव हुने भएको छ। महिला सचिवमा राधिका गुरुङ निर्विरोध चयन भएकी छिन्।
खुला सचिवका लागि रामशरण सिम्खडा, अजिब गुरुङ, चिरञ्जीवी घिमिरे, शंकर खड्का र अभिमान सिंह बस्नेतले दाबी गरेका छन्।
कोषाध्यक्षमा लोकप्रसाद दाहाल र फडिन्द्र पन्तबीच निर्वाचन हुँदैछ भने सहकोषाध्यक्षमा यमुना भट्टराई र यज्ञराज सुवेदी निर्विरोध भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।