काठमाडौं– सरकारले चालु संसद् अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ।
मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले संसद्को हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले बताए।
सरकारको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले सूचना जारी गरेपछि संसद् अधिवेशन समाप्त हुने छ।
सरकारले अब बजेट अधिवेशन बोलाउनेछ। मंसिर २८ गते चालु अधिवेशन शुरु भएको थियो। यो अधिवेशन अवधिभर प्रतिपक्ष नेकपा एमालेले लगातार अवरोध गरिरह्यो।
एमालेको अवरोधबीच पनि एमसीसी सम्झौता यही अधिवेशनमा संसद्बाट व्याख्यात्मक घोषणासहित अनुमोदन भयो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।