काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ। बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट, भक्तपुरमा जारी छ।
आगामी साता बस्ने केन्द्रीय कमिटी बैठकका अजेन्डा तय गर्न केन्द्रीय सचिवालय बैठक बसेको हो। एमालेले स्थानीय तह निर्वाचनको कार्ययोजना तय गर्न केन्द्रीय कमिटीको बैठक बोलाउने तयारी पनि गरेको छ।
एमालेको सिंगो पंक्तिलाई निर्वाचन केन्द्रित गराउने काममा लागि पोलिटब्यूरो बैठक पनि छिट्टै बोलाउने विषयमा समेत छलफल हुने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए।
एमालेले स्थानीय तह निर्वाचनलाई केन्द्रित गरेर प्रदेशस्तरीय प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।