काठमाडौं- कमल थापा नेतृत्वको राप्रपा नेपालले संगठन विस्तारलाई तिब्रता दिएको छ।
पछिल्लो समय जनवर्गीय संगठनसँगै विभिन्न जिल्ला समितिहरु धमाधम गठन भइरहेको उक्त पार्टीले जनाएको छ। यो क्रममा राप्रपा नेपाल निकट कार्यकर्ताहरुको भेलाले पार्टीको पर्सा जिल्ला अध्यक्षमा जङ्ग बहादुर यादबलाई चयन गरेको छ।
यादबको नेतृत्वमा २१ सदस्यीय समिति गठन भएको राप्रपा नेपाल केन्द्रीय सचिवालयले जनाएको छ। यसै गरि बाजुरा जिल्लाको अध्यक्षमा कमल सुनार चयन भएका छन्। सुनारको अध्यक्षतामा १९ सदस्यीय राप्रपा नेपाल बाजुरा जिल्ला कार्य समिति गठन भएको छ।
जनवर्गीय संगठनहरु धार्मिक, मुश्लिम, उत्पीडित र सांस्कृतिक संगठनको घोषणा सभाको तयारी अन्तिम चरणमा पुगेको पार्टीले जनाएको।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।