• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बिहीबार, जेठ १, २०८२ Thu, May 15, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
पल शाहविरुद्ध बुधबार अभियोगपत्र दर्ता गर्ने तयारी
64x64
नेपाल लाइभ मंगलबार, चैत १, २०७८  २१:५६
1140x725

काठमाडौं– एक नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा थुनामा रहेका कलाकार पूर्णविक्रम शाह (पल शाह) माथि मुद्दा दायर गर्ने अन्तिम तयारी गरिएको छ।

सरकारी वकिल कार्यालय नवलपरासीका अनुसार शाहमाथिको अनुसन्धान अन्तिम चरणमा रहेको र सम्भवत: बुधबार नै जिल्ला अदालत नवलपुरमा अभियोगपत्र पेस गरिने छ। 

पीडित नाबालिगका पिताले बलात्कारको मिति तोकेर जाहेरी दिएपछि मुलुकी फौजदारी अपराध संहिताअनुसार एक वर्षको हदम्यादभित्रै मुद्दा दर्ता गर्नुपर्ने भएकाले सरकारी वकिलको कार्यालयले बुधबार नै अभियोगपत्र पेस गर्ने तयारी गरिएको हो। 

शाहविरुद्ध मुद्दा दर्ता गर्नुपर्ने हदम्याद चैत ६ गतेसम्म भएकाले सरकारी वकिलले अनुसन्धान गरिरहेको प्रहरी कार्यालयलाई छिटो प्रतिवेदन पेस गर्न आग्रह गरेको थियो। गत वर्षमा चैत ७ गते ती गायिकामाथि बलात्कार गरेको जाहेरीमा दाबी गरिएको थियो। 
 
सरकारी वकिलको कार्यालयले अभियोगपत्रसँगै आरोपित शाहलाई पनि पेस गर्ने कि तनहुँ जिल्ला अदालतमा थुनामा रहेको जानकारीसहितको अभियोगपत्र पेस गर्ने भनी महान्यायाधिवक्ता कार्यालयसँग राय माग गरेको थियो।

सरकारी वकिल कार्यालयले जबरजस्तीकरणीको आरोप लागेका शाहलाई पेस नगरी मुद्दा दर्ता गर्दा आइपर्ने कानुनी अप्ठ्याराका विषयमा राय मागेको थियो। महान्यायाधिवक्ता कार्यालयले जिल्ला अदालतका न्यायाधीशहरुको समन्वयमा अभियोगपत्र दायर गर्ने प्रक्रिया गर्न सुझाएको थियो।

केही दिनदेखि उनीहरुले जिल्ला अदालतका न्यायाधीशहरुसँग मुद्दा प्रतिवादीसहित पेस गर्ने कि अभियोगपत्र मात्र गर्ने विषयमा छलफल गरेका थिए। न्यायाधीशहरुले तनहुँ जिल्ला अदालतको अनुसन्धानका लागि थुनामा रहेको जानकारीसहित अभियोगपत्र पेस गर्न सकिने सुझाव दिएका थिए। 

तनहुँमा अनुसन्धान अन्तिम चरणमा 
बलात्कार आरोपमा अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय तनहुँले पनि बलात्कार कसुरको अनुसन्धान अन्तिम चरणमा पुर्‍याएको छ। 

बलात्कार आरोपमा तनुहँ प्रहरीमा किटानी जाहेरी परेपछि फागुन १५ गते शाहले प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए। तनुहँमा बलात्कार कसूरको किटानी जाहेरी दर्ता गरेको चार दिनपछि शाह आफैं प्रहरीमा उपस्थित भएका थिए। 

Ncell 2
Ncell 2

त्यसपछि तनहुँ जिल्ला अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको थियो। दोस्रोपटक १२ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ। सोही क्रममा नाबालिगको तर्फबाट नवलपुरमा समेत बलात्कार भएको भन्दै जाहेरी दर्ता भएको थियो। त्यसपछि बयानका लागि भन्दै फागुन २४ गते शाहलाई नवलपुर पुर्‍याइएको थियो। 

एक सातासम्म नवलपुरमा राखेर उनीमाथि प्रहरीले अनुसन्धान गरेको थियो। नवलपुरबाट उनलाई मंगलबार तनहुँ पठाइएको नवलपुर प्रहरीले जानकारी दिएको छ। नवलपुरमा शाहले आफूमाथि लागेको आरोप सत्य नरहेको भन्दै इन्कारी बयान दिएको प्रहरी स्रोतले नेपाल लाइभलाई जानकारी दियो।

यता, तनहुँ प्रहरीले आरोपीको बयान, पीडितको बयान, बलात्कार भएको भनिएको घरका मान्छेको बयान तथा सोधपुछ लगायतका काम सकिसकेको छ। अनुसन्धानको काम सकिएकाले भोलि बुधबार सरकारी वकिल कार्यालयमार्फत मुद्दा दर्ताको प्रक्रिया अघि बढ्ने स्रोतले जनाएको छ।
 
अदालतमा थुनछेक बहस सकिएपछि पेस भएका सबुत प्रमाणको आधारमा अदालतले पललाई साधारण तारेखमा छाड्न, धरौटीमा रिहा गर्न वा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिनेछ। मुलुकी अपराध कार्यविधि संहिताको दफा ६७ मा तीन वर्षभन्दा बढी कैद सजाय हुने अपराध गरेमा तत्काल उपलब्ध प्रमाणको आधारमा अदालतले थुनामा पठाउन सक्ने उल्लेख छ। 

अदालतले पीडित नाबालिगको पनि बकपत्र गर्नेछ। नाबालिग ‘होस्टाइल’भएर अदालतमा जाहेरीमा उल्लेख भएभन्दा फरक बयान दिइन् भने घटनाले अर्कै मोड लिन सक्छ। बलात्कारको घटनामा जाहेरवाला पक्ष ‘होस्टाइल’ भएर अदालतमा बयान फेरेका धेरै उदाहरण छन्। ‘होस्टाइल’ भएर बयान फेरेको खण्डमा जाहेरवालालाई नै कारबाही हुन सक्नेसम्मको कानुनी प्रावधान छ।

shivam cement

shivam cement

मुलुकी अपराधसंहिता २०७४ को दफा २१९ अनुसार मञ्जुरी लिएर १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा जबरजस्ती करणी गरेको ठहर हुने उल्लेख छ। यस्तो कसूर गरेको ठहर भए १० वर्षदेखि १२ वर्षसम्म कैद हुनसक्ने प्रावधान छ।

'सँगै होटलमा बसेको हो, बलात्कार गरेको छैन' 
शाहले बयानमा आफूले बलात्कार वा बलात्कारको कुनै पनि प्रयास नगरेको दाबी गरेका छन्। सरकारी वकिल र प्रहरीको संयुक्त अनुसन्धान टोलीसँग उनले सुटिङका लागि उक्त क्षेत्रमा पुगेको र होटलमा पनि बसेको तर त्यस्तै कुनै शारिरीक सम्बन्ध नभएको भन्दै आरोप इन्कार गरेका छन्। 

उनले ती नाबालिग गायिकासँग बसेको र साथीको सम्बन्ध भएको तर अपराध नै गर्ने कुनै आफ्नो मनसाय समेत नभएको दाबी गरेका छन्। उनले यस्तो आरोप निराधार भएकाले अभियोगबाट सफाइ पाउनुपर्ने दाबी गरेका छन्। 

शाहले आफूमाथि गलत आरोप लगाएको र फसाउने षडयन्त्रकासाथ आरोप लगाइएको दाबी समेत गरेका छन्। उनले पीडितसँग धेरै कार्यक्रम र सुटिङमा सँगै भएको तर, अपराधजन्य कार्य आफूले नगरेको बयान दिएका छन्।

तर, पीडितको परिवारले भने शाहले विवाहको प्रलोभन देखाएर यौन शोषण गरेको दाबी गरेको छ। अनुसन्धानका क्रममा चिकित्सकीय परीक्षणमा पनि पीडितको आरोपलाई सर्मथन गर्ने रिपोर्ट प्राप्त भएको दाबी गरिएको छ। 

प्रकाशित मिति: मंगलबार, चैत १, २०७८  २१:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ?
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध?
रेशम चौधरी पक्राउ प्रकरण :  विष्टलाई थप दुई दिन हिरासतमा राख्न अनुमति
सम्बन्धित सामग्री
उमागौरी सहकारीको मुद्दामा सक्कल मिसिल झिकाउने आदेश नेकपा एमालेका सांसद तथा प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिकी सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला पनि यो सहकारीको बचत अपचल... बिहीबार, जेठ १, २०८२
तीनकुनेको आपराधिक घटनामा संलग्नलाई थप ७ दिन हिरासतमा राख्न अनुमति काठमाडौँ जिल्ला अदालतले थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताएका... बिहीबार, जेठ १, २०८२
किर्ते गरी नक्कली कागजात बनाउने तीन जना पक्राउ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहीबार पत्रकार सम्मेलन गर्दै उनीहरूलाई सार्वजनिक गरेको हो। बिहीबार, जेठ १, २०८२
ताजा समाचारसबै
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
रेशम चौधरी पक्राउ प्रकरण :  विष्टलाई थप दुई दिन हिरासतमा राख्न अनुमति बिहीबार, जेठ १, २०८२
निर्मला पन्त प्रकरण : गाली बेइज्जती मुद्दामा पत्रकार भण्डारीलाई एक महिना कैद बिहीबार, जेठ १, २०८२
कम्युनिष्ट पार्टी नयाँ धरातलबाट हिँड्नुपर्छ : झलनाथ खनाल बिहीबार, जेठ १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको निर्णय बुधबार, वैशाख ३१, २०८२
मोहन बस्नेतको सांसद् पद निलम्बन बिहीबार, जेठ १, २०८२
महिलाको हत्या गरी फरार भएका पन्त पक्राउ बुधबार, वैशाख ३१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप लिग २ : स्कटल्याण्डमा हुने सिरिजका लागि नेपाली टोलीको घोषणा, दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारी शनिबार, वैशाख २७, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्