• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

पल शाहविरुद्ध बुधबार अभियोगपत्र दर्ता गर्ने तयारी

64x64
नेपाल लाइभ मंगलबार, चैत १, २०७८  २१:५६
1140x725

काठमाडौं– एक नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा थुनामा रहेका कलाकार पूर्णविक्रम शाह (पल शाह) माथि मुद्दा दायर गर्ने अन्तिम तयारी गरिएको छ।

सरकारी वकिल कार्यालय नवलपरासीका अनुसार शाहमाथिको अनुसन्धान अन्तिम चरणमा रहेको र सम्भवत: बुधबार नै जिल्ला अदालत नवलपुरमा अभियोगपत्र पेस गरिने छ। 

पीडित नाबालिगका पिताले बलात्कारको मिति तोकेर जाहेरी दिएपछि मुलुकी फौजदारी अपराध संहिताअनुसार एक वर्षको हदम्यादभित्रै मुद्दा दर्ता गर्नुपर्ने भएकाले सरकारी वकिलको कार्यालयले बुधबार नै अभियोगपत्र पेस गर्ने तयारी गरिएको हो। 

शाहविरुद्ध मुद्दा दर्ता गर्नुपर्ने हदम्याद चैत ६ गतेसम्म भएकाले सरकारी वकिलले अनुसन्धान गरिरहेको प्रहरी कार्यालयलाई छिटो प्रतिवेदन पेस गर्न आग्रह गरेको थियो। गत वर्षमा चैत ७ गते ती गायिकामाथि बलात्कार गरेको जाहेरीमा दाबी गरिएको थियो। 
 
सरकारी वकिलको कार्यालयले अभियोगपत्रसँगै आरोपित शाहलाई पनि पेस गर्ने कि तनहुँ जिल्ला अदालतमा थुनामा रहेको जानकारीसहितको अभियोगपत्र पेस गर्ने भनी महान्यायाधिवक्ता कार्यालयसँग राय माग गरेको थियो।

सरकारी वकिल कार्यालयले जबरजस्तीकरणीको आरोप लागेका शाहलाई पेस नगरी मुद्दा दर्ता गर्दा आइपर्ने कानुनी अप्ठ्याराका विषयमा राय मागेको थियो। महान्यायाधिवक्ता कार्यालयले जिल्ला अदालतका न्यायाधीशहरुको समन्वयमा अभियोगपत्र दायर गर्ने प्रक्रिया गर्न सुझाएको थियो।

केही दिनदेखि उनीहरुले जिल्ला अदालतका न्यायाधीशहरुसँग मुद्दा प्रतिवादीसहित पेस गर्ने कि अभियोगपत्र मात्र गर्ने विषयमा छलफल गरेका थिए। न्यायाधीशहरुले तनहुँ जिल्ला अदालतको अनुसन्धानका लागि थुनामा रहेको जानकारीसहित अभियोगपत्र पेस गर्न सकिने सुझाव दिएका थिए। 

तनहुँमा अनुसन्धान अन्तिम चरणमा 
बलात्कार आरोपमा अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय तनहुँले पनि बलात्कार कसुरको अनुसन्धान अन्तिम चरणमा पुर्‍याएको छ। 

बलात्कार आरोपमा तनुहँ प्रहरीमा किटानी जाहेरी परेपछि फागुन १५ गते शाहले प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए। तनुहँमा बलात्कार कसूरको किटानी जाहेरी दर्ता गरेको चार दिनपछि शाह आफैं प्रहरीमा उपस्थित भएका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

त्यसपछि तनहुँ जिल्ला अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको थियो। दोस्रोपटक १२ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ। सोही क्रममा नाबालिगको तर्फबाट नवलपुरमा समेत बलात्कार भएको भन्दै जाहेरी दर्ता भएको थियो। त्यसपछि बयानका लागि भन्दै फागुन २४ गते शाहलाई नवलपुर पुर्‍याइएको थियो। 

एक सातासम्म नवलपुरमा राखेर उनीमाथि प्रहरीले अनुसन्धान गरेको थियो। नवलपुरबाट उनलाई मंगलबार तनहुँ पठाइएको नवलपुर प्रहरीले जानकारी दिएको छ। नवलपुरमा शाहले आफूमाथि लागेको आरोप सत्य नरहेको भन्दै इन्कारी बयान दिएको प्रहरी स्रोतले नेपाल लाइभलाई जानकारी दियो।

यता, तनहुँ प्रहरीले आरोपीको बयान, पीडितको बयान, बलात्कार भएको भनिएको घरका मान्छेको बयान तथा सोधपुछ लगायतका काम सकिसकेको छ। अनुसन्धानको काम सकिएकाले भोलि बुधबार सरकारी वकिल कार्यालयमार्फत मुद्दा दर्ताको प्रक्रिया अघि बढ्ने स्रोतले जनाएको छ।
 
अदालतमा थुनछेक बहस सकिएपछि पेस भएका सबुत प्रमाणको आधारमा अदालतले पललाई साधारण तारेखमा छाड्न, धरौटीमा रिहा गर्न वा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिनेछ। मुलुकी अपराध कार्यविधि संहिताको दफा ६७ मा तीन वर्षभन्दा बढी कैद सजाय हुने अपराध गरेमा तत्काल उपलब्ध प्रमाणको आधारमा अदालतले थुनामा पठाउन सक्ने उल्लेख छ। 

अदालतले पीडित नाबालिगको पनि बकपत्र गर्नेछ। नाबालिग ‘होस्टाइल’भएर अदालतमा जाहेरीमा उल्लेख भएभन्दा फरक बयान दिइन् भने घटनाले अर्कै मोड लिन सक्छ। बलात्कारको घटनामा जाहेरवाला पक्ष ‘होस्टाइल’ भएर अदालतमा बयान फेरेका धेरै उदाहरण छन्। ‘होस्टाइल’ भएर बयान फेरेको खण्डमा जाहेरवालालाई नै कारबाही हुन सक्नेसम्मको कानुनी प्रावधान छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

मुलुकी अपराधसंहिता २०७४ को दफा २१९ अनुसार मञ्जुरी लिएर १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा जबरजस्ती करणी गरेको ठहर हुने उल्लेख छ। यस्तो कसूर गरेको ठहर भए १० वर्षदेखि १२ वर्षसम्म कैद हुनसक्ने प्रावधान छ।

'सँगै होटलमा बसेको हो, बलात्कार गरेको छैन' 
शाहले बयानमा आफूले बलात्कार वा बलात्कारको कुनै पनि प्रयास नगरेको दाबी गरेका छन्। सरकारी वकिल र प्रहरीको संयुक्त अनुसन्धान टोलीसँग उनले सुटिङका लागि उक्त क्षेत्रमा पुगेको र होटलमा पनि बसेको तर त्यस्तै कुनै शारिरीक सम्बन्ध नभएको भन्दै आरोप इन्कार गरेका छन्। 

उनले ती नाबालिग गायिकासँग बसेको र साथीको सम्बन्ध भएको तर अपराध नै गर्ने कुनै आफ्नो मनसाय समेत नभएको दाबी गरेका छन्। उनले यस्तो आरोप निराधार भएकाले अभियोगबाट सफाइ पाउनुपर्ने दाबी गरेका छन्। 

शाहले आफूमाथि गलत आरोप लगाएको र फसाउने षडयन्त्रकासाथ आरोप लगाइएको दाबी समेत गरेका छन्। उनले पीडितसँग धेरै कार्यक्रम र सुटिङमा सँगै भएको तर, अपराधजन्य कार्य आफूले नगरेको बयान दिएका छन्।

तर, पीडितको परिवारले भने शाहले विवाहको प्रलोभन देखाएर यौन शोषण गरेको दाबी गरेको छ। अनुसन्धानका क्रममा चिकित्सकीय परीक्षणमा पनि पीडितको आरोपलाई सर्मथन गर्ने रिपोर्ट प्राप्त भएको दाबी गरिएको छ। 

प्रकाशित मिति: मंगलबार, चैत १, २०७८  २१:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मधेशमा सत्ता समीकरण फेरिने संकेत, एमालेका चार मन्त्रीले दिए राजीनामा
अर्थमन्त्री वाग्ले विदेश भ्रमणमा, कम्पनी नवीकरण र दर्ता खारेजीको म्याद थप्ने प्रस्ताव अलपत्र
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत
सम्बन्धित सामग्री
कर्णाली र महाकालीबाट दुई जनाको ज्यान जोगाउने प्रहरी पुरस्कृत ७१औँ प्रहरी दिवसका अवसरमा शुक्रबार गृहमन्त्री सुधन गुरुङले सहायक हवलदार राजेन्द्र चौधरी र प्रहरी कार्यालय सहयोगी प्रकाश सिंह महरालाई... शुक्रबार, असोज ३०, २०८३
नवलपरासीमा १४ लाख ८४ हजारको भन्सार छलीको मदिरा बरामद नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–५ महलबारीस्थित भित्री सडकखण्डबाट प्रहरीले १४ लाख ८४ हजार रुपैयाँ बराबरको भन्सार छलीको मदिरा बराम... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
मधेशमा सत्ता समीकरण फेरिने संकेत, एमालेका चार मन्त्रीले दिए राजीनामा शुक्रबार, असोज ३०, २०८३
अर्थमन्त्री वाग्ले विदेश भ्रमणमा, कम्पनी नवीकरण र दर्ता खारेजीको म्याद थप्ने प्रस्ताव अलपत्र शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
कांग्रेसका नवनिर्वाचित सभापतिको सपथ शनिबार शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्