काठमाडौं– नेपाल खानेपानी संस्थानले विभिन्न पदमा रोजगारी खुलाएको छ। संस्थानले रिक्त रहेका पदहरुमध्ये खुला प्रतियोगितात्मक अन्तरवार्ता परीक्षाद्वारा छ महिनाका लागि करार सेवामा पदपूर्तिका दरखास्त आह्वान गरेको हो।
संस्थानले जुनियर प्लम्बर, लाइट ड्राइभर, प्लान्ट एटेन्डेन्ट, ल्याब ब्वाई, हेल्पर र कार्यालय सहयोगीका पलका लागि आवेदन माग गरेको हो।
दरखास्ता फारमका साथमा शैक्षिक योग्यता, तालिम, अनुभव, नागरिकताको प्रमाणपत्र जस्ता कागजातहरुको प्रमाणित प्रतिलिपिहरु एक/एकप्रति र परीक्षा दस्तुर बुझाएको रसिद बुझाउनुपर्ने सूचनामा उल्लेख छ।
चैत मसान्तभित्र आवेदन दिनुपर्ने दरखास्त आजको ३० दिनभित्र उल्लेखित कार्यलयमा पेश गर्न सकिने सूचनामा उल्लेख छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।