काठमाडौं- दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक कोरियन नागरिक पक्राउ परेका छन्।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले ठगी गरेको आरोपमा कोरियन नागरिक रे सि जंगलाई पक्राउ गरेको हो।
चावहिल बस्दै आएका ७३ वर्षीय जंगले आफू ‘ओके कन्सल्टेन्सी’को सञ्चालक भन्दै ‘वल्डिङ तालिम’ गराई दक्षिण कोरियामा पठाउने भनेर ठगी गरेको सिआईबीका प्रवक्ता तथा एसपी श्यामकुमार महतोले जानकारी दिए।
पीडितले दिएको जाहेरीको आधारमा जंगलाई महांकालबाट सोमबार पक्राउ गरिएको हो। थप अनुसन्धान र कारबाहीका लागि जंगलाई महानगरीय प्रहरी वृत्त गौशाला पठाइएको एसपी महतोले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।