काठमाडौं- बारा जिल्लाको आदर्श कोटवाल गाउँपालिकाका अध्यक्ष मुस्तफा अन्सारी नेकपा (एमाले)मा प्रवेश गरेका छन्। जनता समाजवादी पार्टी (जसपा) त्यागेर उनी एमाले प्रवेश गरेका हुन्।
बाराको जयनगर (चिउँटाहा) मा कार्यक्रम गरी एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई एमालेमा प्रवेश गराएका हुन्।
अध्यक्ष ओलीसँगै मधेश इन्चार्ज रघुवीर महासेठ, प्रभु साह, ज्वालाकुमारी साहलगायतले अन्सारीलाई पार्टीमा स्वागत गरेका छन्।
त्यसअघि ओलीले वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीलाई पार्टीमा प्रवेश गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।