माधव नेपाल, फाइल तस्बिर
काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आगामी चुनावमा ५ दल (सत्तारुढ गठबन्धनका दलहरु) मिलेर जाँदा प्रतिपक्षी दल नेकपा एमाले धूलोपिठो हुने दाबी गरेका छन्।
धादिङको गल्छीमा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले सत्तारुढ गठबन्धनका दलहरु मिलेर जाँदा सबै ठाउँमा जित्ने पनि दाबी गरे।
गठबन्धनमा रहेका सबै दलहरु चुनावमा मिलेर (तालमेल गरेर) जाने विषयमा सकारात्मक रहेको र सबै दलले मिलर जाउँ भनिरहेको नेपालले सुनाए।
'अहिले नेपाली कांग्रेस, माओवादी र जसपाले हामीसँग भनिरहेका छन्, राजमोले पनि भनिरहेको छ– हामी मिलेर जाउँ,' नेपालले भने, 'हामी मिलेर गयौं भने सबै ठाउँ जित्नेछौं, केपी ओलीको पार्टी धूलोपिठो हुनेछ। त्यो पार्टीको भविष्य खत्तम छ।'
स्थानीय तहको आगामी निर्वाचनमा तालमेल गर्दा एउटा पार्टीले पालिका प्रमुख/अध्यक्ष तथा अर्को पार्टीले उपप्रमुख/उपाध्य लिने गरी सहमति गरिने नेपालले बताए। एउटा पार्टीले एउटा पालिकामा प्रमुख वा अध्यक्ष पाउँदा अर्को पार्टीले अर्को पालिकामा प्रमुख वा अध्यक्ष पाउने नेपालको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।