काठमाडौं– वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी नेकपा एमाले प्रवेश गरेका छन्।
जनता समाजवादी पार्टी (जसपा) नेपालबाट वीरगञ्जको मेयर निर्वाचित सरावगी आफ्ना समर्थकसहित एमाले प्रवेश गरेका हुन्।
सरावगीलाई शनिबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराए।
आगामी स्थानीय तहको चुनावमा पुन: वीरगञ्जको मेयरमा उम्मेदवारी दाबी गर्दै आएका सरावगी केही समय अगाडि देखि एमाले प्रवेशका लागि नेताहरुसँग वार्तामा थिए। वार्ता 'सफल' भएपछि शनिबार उनी एमाले प्रवेश गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।