काठमाडौं- यतिबेला हिमाली तथा उच्च पहाडी क्षेत्रमा ढकमक्क गुराँस फुलेको छ। विभिन्न प्रजातिको रङ्गीविरङ्गी गुराँसले वन सुन्दर बनाएको छ भने आगन्तुकलाई लालायित पार्ने गरेको छ। गुराँस फुल्ने मौसम भएकाले फूलसँग रमाउन नेपालका विभिन्न जिल्लामा आन्तरिक पर्यटक पुग्ने गरेका छन्।
ताप्लेजुङ्को कञ्चनजङ्घाको बेँसीदेखि लेकाली क्षेत्रभरि लालीगुराँस फुल्न थालेपछि लालीगुराँसले वनपाखाहरु ढकमक्क देखिएको छ । लालीगुराँस नेपालको राष्ट्रिय फूल हो।
नेपालमा ३२ प्रजातिका गुराँस अभिलेख छ। पूर्वी नेपालदेखि पश्चिमसम्मै पाइन्छ गुराँस । पूर्वी नेपालमा सबैभन्दा धेरै फुल्छ। पाँचथर, तेह्रथुम, सङ्खुवासभा, ताप्लेजुङ, सोलुखुम्बु, ओखलढुङ्गालगायत जिल्लाका उच्च क्षेत्र यतिबेला गुराँसले ढकमक्क छ।



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।