काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)ले स्थानीय तहको निर्वाचनमा उठ्ने उम्मेदवार छान्ने जिम्मा सम्बन्धित स्थानीय तहको पार्टी कमिटी नेतृत्वलाई दिएको छ।
जसपाको दुई दिनसम्म चलेको कार्यकारिणी समिति बैठकले कुन पालिका कस्तो र कुन उम्मेदवार उठाउने विषयमा स्थानीय पार्टी कमिटीले टुंगो लगाउने कार्यकारिणी सदस्य प्रकाश अधिकारीले जानकारी दिए।
‘कुन पालिकामा कुन उम्मेदवार उठाउँदा कसले जित्न सक्छ भन्ने केन्द्रले निर्णय गरेर प्रभावकारी हुँदैन। स्थानीय नेतृत्वले नै नजिकबाट नियालेकाले परिपक्क हुन्छ,’ उनले भने,‘स्थानीय पालिकालाई उम्मेदवार छान्न दिएमा अधिकारसमेत प्रत्यायोजन नहुने र निर्णयपनि प्रभावकारी हुने भएकाले यस्तो निर्णय गर्यौं।’
कार्यकारिणी समितिले गरेको निर्णय फागुन २९ र ३० गते बसेको केन्द्रीय समितिले अनुमोदन गर्ने छ। यस्तै, अध्यक्ष उपेन्द्र यादवले पेस गरेको राजनीतिक प्रतिवेदनसमेत पारित भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।