काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई ढुंगा प्रहार नभएको भन्दै खण्डन गरेका छन्।
आफू सुरक्षित रहेको भन्दै प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को झुटो प्रचार, षड्यन्त्र र बेइमानी गर्ने दिनचर्य भएको बताए।
आफ्नै कार्यकर्ताले ढुंगाा प्रहार भएको भन्दै सामाजिक सञ्जालमा प्रचार भएपछि प्रचण्डले तत्काल कर्णाली प्रदेशको प्रशिक्षण सभाबाटै खण्डन गरेका हुन्।
‘काठमाडौंमा एउटा समाचार भाइरल भएछ। कर्णाली प्रदेशको सुर्खेतमा प्रशिक्षण सभामा प्रचण्डमाथि ढुंगा प्रहार भयो। प्रचण्डको चस्मा फुट्यो। त्यहाँ प्रशिक्षण असफल भयो भनेर प्रचार गरिएछ’ प्रचण्डले भने, ‘यहाँ सहभागी भएकालाई हाँसो उठ्दो कुरो भयो। यति अनुशासित र भब्य रुपमा सफल भएको छ। यहीँ चस्मा लगाएर आएको हो, यहीँ छ। जस्ताको त्यस्तै छ।’
एमालेका गुटका मान्छेहरु विक्षिप्त भएपछि झुटो प्रचारमा लागेको प्रचण्डले आरोप लगाए। ‘एमालेहरु झुटो प्रचार गरेपछि बाहिर केही भ्रम दिन सकिन्छ कि भनेर कोसिस गरेको देखियो,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।