काठमाडौं- गृहमन्त्री बालकृष्ण खाण र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’बीच छलफल भएको छ। गृह मन्त्रालयमा शुक्रबार भएको भेटमा नेपाल सरकार र नेकपाबीच भएको तीन बुँदे सहमति कार्यान्वयनबारे छलफल भएको थियो।
छलफलमा नेकपाका प्रवक्ता प्रकाण्डले विभिन्न आरोपमा थुनामा रहेका आफ्ना नेता कार्यकर्तालाई सहमति बमोजिम रिहाइ गर्न आग्रह गरेका थिए। गृहमन्त्री खाणले प्रक्रिया पुर्याएर राजनीतिक गतिविधिमा पक्राउ गरेकालाई रिहाई गर्न पहल गर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।