काठमाडौं– नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेश कमिटीले तीन महिनापछि पूर्णता पाएको छ।
कर्णाली प्रदेशकी अध्यक्ष बिमला केसी सर्वसम्मत चयन भएको तीन महिनापछि प्रदेशको ९ सदस्यीय पदाधिकारी शुक्रबार टुंगो लागेको हो।
केसी अध्यक्षमा गत मंसिर २९ गते सर्वसम्मत रुपमा चयन भएकी थिइन। शुक्रबार बसेको प्रदेश कमिटी बैठकले ९ सदस्यीय पदाधिकारी चयन गरेको हो।
जसको उपाध्यक्षमा कर्णबहादुर बुढाथोकी, कृष्ण जिसी, ढरवीर राना, सचिवमा धनजित शाही चयन भएका छन्। यस्तै, सहसचिवमा वीरबहादुर कुँवर, विर्खबहादुर थापा, लालकेश जैसी र कोषाध्यक्षमा मालबहादुर रोका चयन भएका छन्।
प्रदेश सचिवालय ९ सदस्यको बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।