काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठकमा नेताहरूले तीन तहकै निर्वाचनमा गठबन्धन गर्न नेतृत्वलाई सुझाव दिएका छन्।
बिहीबारदेखि केन्द्रीय कार्यालय बालकुमारीमा सुरु भएको बैठकमा अधिकांश नेताहरुले स्थानीय तह, प्रदेश र संघीय निर्वाचनमा गठबन्धन गर्न आग्रह गरेका हुन्। बैठक आज पनि जारी छ।
‘केपी शर्मा ओलीले प्रतिगमन गरेपछि पाँच दलीय गठबन्धन बन्यो। त्यतिबेला खाली शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन मात्रै बनेको होइन। मुलुकलाई एउटा प्रणालीमा बसाल्न गठबन्धन बनाएका हौं’, बैठकमा सहभागी एक नेताले भने, ‘केन्द्रबाटै स्थानीय, प्रदेश र संघमा तालमेल गरेर चुनावमा जानुपर्छ भन्ने सुझाव छ।’
प्रतिगमनकारी शक्तिले फेरि टाउको उठाउने प्रयास गरेकाले सत्ता गठबन्धन केन्द्रबाटै बनाएर जानुपर्ने उनीहरूको सुझाव छ। स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनलाई विजय गराउन लाग्नुपर्ने नेताहरूले सुझाव दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।