काठमाडौं- स्थानीय तहको निर्वाचन तयारी लगायतका विषयमा निर्वाचन आयोगले विभिन्न राजनीतिक दलहरुसँग छलफल गरेको छ।
आयोगले शुक्रबार संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १७ राजनीतिक दलका प्रतिनिधिहरुसँग छलफल गरेको हो।
निर्वाचन आयोगले स्थानीय तह निर्वाचन प्रयोजनका लागि ७९ दललाई मान्यता दिएको छ।
‘स्थानीय निर्वाचनमा लागू हुने आचारसंहिता कस्तो बनाउने, चुनावी खर्च र अहिलेसम्म आयोगले गरेका कामका विषयमा छलफल भयो’ बैठकमा सहभागी एक नेताले भने, ‘त्यस छलफलमा सबै दलका प्रतिनिधिले आ–आफ्नो कुरा राख्नुभयो। निर्धारित समितिमा स्थानीय निर्वाचन सम्पन्न गर्नेमा सबै दलले प्रतिवद्धतता जनाए।’
मतदाता नामावलीमा समावेश गरेका सबैले भाट हाल्न पाउने व्यवस्था गर्नु पर्ने दलहरुले सुझाव दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।