फुङलिङ– ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित कोप्चेमा आगलागी भएको छ। कोप्चे बजारमा रहेको मासु पसल नजिकैको एक घरबाट अचानक आगलागी सुरु भएको हो।
स्थानीयवासीका अनुसार अहिले बिहान ८ बजे अचानक आगलागी सुरु भएको थियो। आगलागीबाट अहिलेसम्म एक घर जलेको छ। भने आगो नियन्त्रणमा आइसकेको छैन। आगलागी नियन्त्रणका लागि स्थानीय र सुरक्षाकर्मी खटिएका छन्।
आगलागी नियन्त्रणका लागि फुङलिङ नगरपालिकाको दमकल पुगेको छ। जस्ताले छाएको घरमा आगलागी भएका कारण आसपासका घरसमेत जोखिममा परेका छन्।
आगो अन्यत्र सल्किए कोप्चेबजार पूरै जोखिममा पर्ने देखिन्छ । थप विवरण आउन बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।