काठमाडौं- राष्ट्रपति विद्यादेवि भण्डारीले बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई)लाई अगाडी बढाउन साझा प्रयास गर्नुपर्ने बताएकी छन्।
चिनियाँ पत्रकारसँगको अन्तर्वार्तामा राष्ट्रपति भण्डारीले बीआरआईलाई नेपालको पूर्वाधार विकासको अवसरका रूपमा हेरेको र यसलाई अगाडि बढाउन चाहेको बताइन्।
‘हामीले करिब पाँच वर्षअघि समझदारी पत्रमा हस्ताक्षर गरे पनि धेरै कारणले बीआरआई परियोजनाले गति लिन सकेको छैन। बीआरआईलाई अगाडी बढाउन हामीले साझा प्रयास गर्नुपर्छ,’ उनले भनिन्।
बीआरआई चिनियाँ राष्ट्रपति सि चिनफिङले पहिलोपटक काजस्थानजस्थित नजरबावेभ युनिभर्सिटीबाट सन् २०१३ मा कागस्थान भ्रमणका क्रममा घोषणा गरेका हुन्।
यो धारणा पुरानो सिल्करोडको नयाँ स्वरुप हो र यसले विश्वलाई एक क्षेत्र एक सडकको माध्यमबाट जोड्ने लक्ष्य लिएको छ।
नेपालले २०१४ मा यस परियोजनामा सैद्धान्तिक सहमति जनाएको थियो। २०१६ मा ट्रान्जिट ट्रान्सपोट एग्रिमेन्ट हुँदै नेपालले २०१७ मा बीआरआई परियोजनामा हस्ताक्षर गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।