काठमाडौं– नक्कली बैंक ग्यारेन्टी बनाएर भुक्तानी लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय वाणिज्य बैंक, जुम्लाका तत्कालीन शाखा प्रवन्धकसहित दुई निर्माण कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
वाणिज्य बैंक जुम्लाका तत्कालीन प्रवन्धक रामजक चौधरीसहित विटी/टौदह/फस्कु जेभीका सञ्चालक विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
सडक कार्यालय, दाङअन्तर्गत ठेक्कामा पेस्की लिन निर्माण व्यवसायी बिटी/टौदह/फस्कु जेभी काठमाडौंले पेस गरेको बैंक जमानत नक्कली भएको आरोप पत्रमा उल्लेख छ।
सोनापुर सिमेन्ट फ्याक्ट्री सडक निर्माणमा राष्ट्रिय बाणिज्य बैंक, जुम्लाका तत्कालीन शाखा प्रवन्धक चौधरीले नक्कली बैंक ग्यारेन्टी बनाएका अख्तियारले जनाएको छ।
अख्तियारले चौधरीसहित बिटी निर्माण सेवाका निर्देशक माधवप्रसाद भण्डारी, फस्कु निर्माण सेवाका प्रोप्राइटर अर्जुनबहादुर बुढाथोकी, टौदह कन्सट्रक्सन जेभीका प्रतिनिधि पुन्न बहादुर शाहीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। उनीहरुलाई भ्रष्टाचार निवारण ऐन अनुसार कारबीही गर्न मागदाबी गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।