काठमाडौं- अभिनेत्री करिष्मा मानन्धरले नेकपा एमालेमा प्रवेश गर्ने तयारी गरेकी छिन्। एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पटक-पटक छलफल गरिरहेकी मानन्धरले केही समयमै औपचारिक रुपमा एमाले प्रवेश गर्नेछिन्।
राजनीति गर्ने भएपछि कुनै न कुनै रुपमा अघि बढ्नुपर्ने बताउँदै आफूले छलफल गरिरहेको उनले बताइन्। उनले नेपाल लाइभसँग भनिन्, 'अहिल्यै सबै कुरा भइसकेको छैन। आज केही कुरा गरेर आएँ।'
केही प्राप्त गर्ने वा दिने 'कन्डिसन' नराखेर पार्टीमा सक्रिय हुने विषयमा छलफल मात्रै भएको उनले बताइन्।
उनीसँगै भेटघाटमा रहेकी एमाले सांसद गंगा चौधरी सदगैयाँले पनि यस विषयमा थप प्रष्ट केही दिनमा हुने बताइन्। अध्यक्ष ओलीसँगको भेटघाटमा करिष्माको बसोबास भएकै क्षेत्रका सांसद नवराज सिलवाल पनि सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।